२०८२ फाल्गुन २२
पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित ।
मुस्ताङ, मुस्ताङमा अत्याधि चिसो बडेसंगै निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् ।
नियमित उडान भर्दै आएका हवाई कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक आवगमन न्यून भएका कारण हवाई सेवा स्थगित गरेको नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले बताए ।
प्रमुख पोखरेलका अनुसार नियमित हवाई सेवा स्थगित भए पनि चार्टर र आपतकालीन हेली सेवा नरोकिने बताए ।
तारा एयरलाइन्सले डिसेम्बर ४ देखि मार्च एक सम्म पोखरा–जोमसोम उडान स्थगित गरेको बताए। त्यसैगरी समिट एयरलायन्स कम्पनीले नियमित उडान दुई महिनाका लागि स्थगित गरेको मुस्ताङका स्टेशन इञ्चार्ज सुचन लालचनले जनाएको छ ।
पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक सहज हुँदै जान थालेपछि हवाई यात्रुको संख्या घट्दै जान थालेको छ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्