नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ।
काठमाण्डौँ, नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा धारणा राख्न बाँकी कार्यसम्पादन समिति सदस्यहरूले बोल्नेछन् ।
बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको बिहीबार बसेको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले आ–आफ्नो धारणा राखेका थिए ।
बिहीबार कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री शर्माले अबको १६ दिनमा क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको बताएका थिए । महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा यसपटक चुनाव नलड्ने घोषणा गरेका थिए ।
बैठकमा महामन्त्री थापाले चुनावअगाडि नेतृत्व परिवर्तन नभए आफू चुनाव नै नलड्ने घोषणा गरेका थिए ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्