प्रधानमन्त्री कार्कीद्वारा अपराह्न ४ बजे सर्वपक्षीय बैठक आह्वान ।
काठमाण्डौँ, प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार) सर्वदलीय बैठक आह्वान गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न आज (शुक्रबार) अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले आज बस्ने बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोग र निर्वाचनसम्बन्धी सबै निकायलाई पनि सहभागी हुन आह्वान गरेका छन् । प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दैआएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । देशका प्रमुख दलहरु नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलले निर्वाचन केन्द्रित गतिविधिमा सक्रियता जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्