२०८२ माघ ६

नेपाली काँग्रेसको १५औं महाधिवेशन २०८२ पुस २६, २७ र २८ गते हुने ।

नेपाली काँग्रेसको १५औं महाधिवेशन २०८२ पुस २६, २७ र २८ गते हुने गरी प्रस्तुत कार्यतालिका सर्वसम्मत स्वीकृत भएको छ । त्यसैगरी १५ औं महाअधिवेशनसँग सम्बन्धित कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
नेपाली काँग्रेसले जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम पठाउने अवधि मङ्सिर २४ गते र पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गरिसक्ने निर्णय समितिले गरेको छ ।
क्रियाशील सदस्यताको प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापति तथा कार्यबहाक सभापतिलाई पुस १४ गते बुझाउने निर्णय भएको छ ।
नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता, नवयुवा पुस्ता, नयाँ तथा अन्य पार्टीहरुबाट आएकालाई समेत क्रियाशील सदस्यता दिने निर्णय पनि भएको छ ।
पुस १५ गतेभित्र विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन, पुस १६ गते गाउँ, नगर र वडा अधिवेशन, गाउँ नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते, प्रदेश अधिवेशन सात प्रदेशको पुस २३ र २४ गते गर्ने गरी कार्यतालिका तय भएको छ ।
नेपाली काँग्रेसको १५औं महाधिवेशनका लागि सभापति तथा कार्यबहाक सभापतिको परामर्श गरी विधान मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति, केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिने काम टुङ्गोमा पु¥याइने प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।