अमेरिकाको ह्वाइट हाउस नजिकै गोली चल्यो ।
काठमाण्डौँ, अमेरिकाको ह्वाइट हाउस नजिकैको उच्च सुरक्षा क्षेत्रमा भएको गोलाबारीमा दुईजना राष्ट्रिय गार्डसहित धेरै व्यक्ति घाइते भएका छन् ।
बुधबार वासिङ्टन डीसीको डाउनटाउन इलाकामा यो घटना भएको बताइएको छ । घटनापछि प्रहरीले सम्बन्धित क्षेत्र तुरुन्तै घेराउ गरेको र सामान्य नागरिकहरूलाई त्यस क्षेत्रबाट टाढा रहन अनुरोध गरेको छ ।
गोलीबारीमा दुई वेस्ट भर्जिनिया राष्ट्रिय गार्ड सदस्यहरू गम्भीर घाइते भएको बताएको छ । वासिङ्टन डीसीकी मेयर मुरिएल बाउसेरले यो आक्रमण लक्षित गोलाबारी भएको बताएका छन् ।
यो घटनासँग सम्बन्धित अधिकारीहरूले प्रारम्भिक पहिचानअनुसार आक्रमणकारी अफगानिस्तानबाट सन् २०२१ मा अमेरिकामा आएका व्यक्ति भएको बताएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अपराधविरुद्धको अभियानअन्तर्गत धेरै राज्यका राष्ट्रिय गार्डहरू महिनौँदेखि वासिङ्टन डीसीमा तैनाथ रहेको बताएका छन् । यसको विस्तार देशका अन्य सहरहरूमा पनि गरिएको बताएका छन् ।
ह्वाइट हाउसनजिक गोलीबारी भएपछि राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिँदै भने, “जो जनावरले दुई राष्ट्रिय गार्डलाई गोली हान्यो, उसले ठूलो मूल्य तिर्नुपर्नेछ । गम्भीर घाइते दुवै राष्ट्रिय गार्ड अस्पतालमा भर्ना भएका छन् ।”
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्