मनाङ जिल्लामा मतदाता संख्या बड्यो ।
चामे, मनाङ जिल्लामा १३५ नाा नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।
नेपाल सरकारको निर्णय अनुसार निर्वाचन आयोगले असोज १० गतेबाट मतदाता अध्यावधि कार्य शुरु गरेको थियो । निर्वाचन आयोगले असोज १० गतेदेखि मंसिर ५ गते शुक्रबारसम्म अध्यावधि तथा नयाँ मतदाता सूचीकरण, अध्यावधि र खारेजी कार्यक्रम अनुसार सोही अवधिमा मनाङ जिल्लामा १३५ जना नयाँमतदाता दर्ता भएका छन् । त्यसैगरी, बसाई सरी जाने र अन्य जिल्लाबाट मनाङ जिल्लामा आउनेहरुको संख्या ६३ जना रहेकाले त्यस सम्बन्धमा छानबिन भइरहेकाले मनाङ जिल्लामा मतदाताको संख्या बडन सक्ने जिल्ला निर्वाचन कार्यालय मनाङका निमित्त प्रमुख गोविन्द प्रसाद अर्यालले बताए ।
जिल्ला निर्वाचन कार्यालय मनाङका निमित्त प्रमुख अर्यालका अनुसार यसअधि मनाङ जिल्लामा कूल मतदाता ६ हजार ८ सय ९३ जना थिए । जिल्लाभरका १ सय ३५ जना गरी कूल ६ हजार ९ सय २८जना मतदाता संख्या रहेको बताए । आगामी २० गते जिल्ला निर्वाचन कार्यालय र निर्वाचन कार्यालय काठमाण्डाँैको संयुक्त निर्णय पछि मनाङ जिल्लाको मतदाता संख्याको यकिने हुने नमित्त प्रमुख गोविन्द प्रसाद अर्यालले बताए ।
निेपाल सरकार मन्त्री परिषद्को निर्देशन अनुसार निर्वाचन आयोगले असोज १० गतेबाट मतदाता सूचिकरण र अध्यावधि कार्य शुरु गरेको थियो । निर्वाचन आयोगले असोज १० गतेदेखि मंसिर ५ गते शुक्रबारसम्म देशभर ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएको निर्वाचन आयोगका सूचना अधिकारस् सुमन घिमिरेले बताए ।


प्रतिक्रिया दिनुहोस्