नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै ।
काठमाण्डौँ, नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् ।
प्रतियोगितामा आजको पहिलो खेलमा गत कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा प्रतिस्पर्धाका निम्ति उत्रिँदा कर्णाली पहिलो जितको खोजीमा हुनेछ ।
कर्णालीले यसअघि चितवन राइनोजसँग चार विकेटको हार व्यहोरेको थियो ।
यता, लुम्बिनी भने आज लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल दिउँसो ११ः१५ बजेदेखि सुरु हुनेछ ।
यसैगरी, दोस्रो खेलमा काठमाण्डू गोर्खाज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । काठमाण्डूको यो तेस्रो र विराटनगरको दोस्रो खेल हो ।
यसअघि काठमाण्डूले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । तर, दोस्रो खेलमा भने काठमाण्डू सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।
विराटनगरले भने पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो ।
यी दुई टिमबीचको खेल त्रिवि रंगशालामा नै दिउँसो ३ः३० बजेदेखि सुरु हुने तालिका छ ।


प्रतिक्रिया दिनुहोस्