२०८२ कार्तिक २

आज नवनियुक्त मन्त्रीहरुको सपथ ।

काठमाण्डौँ, आइतबार नियुक्त भएका थप ५ जना मन्त्रीहरुको सपथ आज हुँने भएको छ ।
राष्ट्रपतिरामचन्द्र पौडेलले आइतबार थप ५ जना मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ ।
प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका हुन् । यसअघि चार सदस्यीय मन्त्रिपरिषद् रहेकामा आज थप ५ जना नियुक्त भएसँगै ९ सदस्यीय बनेको हो।
नवनियुक्त मन्त्री सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय दिइएको छ । यस्तै महावीरलाई शिक्षा, संगीतालाई स्वास्थ्य र मदन परियारलाई कृषि मन्त्रालय दिइएको छ। यस्तै खरेललाई सञ्चार मन्त्रालय दिइएको छ ।