२०८२ मंसिर २१

मनाङको सुपथमूल्य पसलमा ग्राहको उत्साहजनक उपस्थिती ।

चामे, खाद्य व्यवीथा तथा व्यापार कम्पनी लि.शाखा कार्यालय,मनाङले सञ्चालन गरेको सुपथ मुल्य पसलमा ग्राहकको उत्साहजनक उपस्थित रहेको छ ।
शाखा कार्यालय मनाङले हुम्डे र चामे शाखाबाट दशैं–तिहार र छठ पर्व लक्षीत् सुपथ मुल्य पसल भदौं ३० गतेदेखि कार्तीक १० गतेसम्म सञ्चालन गरेको छ । त्यसैगरी, हुम्डे शाखामा चामल र दाल (मासको दाल, मुसुरो दाल) र चामे शाखाबाट दाल, चामल र चिनी बिक्रीबितरण गर्दै आएको जनाएको छ ।


गत आर्थिक बर्ष २०८१/०८२ सम्म शाखा कार्यालय चामेमा मात्र हु‘दै आएको छुट कार्यक्रम यस आर्थिक बर्ष २०८२/०८३ बाट हुम्डे शाखाबाट पनि सञ्चालन भएकाले उत्साहजनक उपस्थिती रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. शाखा कार्यालय मनाङका प्रमुख रामाशंकर कुशवाहले बताए ।
जिल्लाका शाखाहरुमा उपभोक्ताको उत्साहजनक सहभागीतासंगै हामीले दाल चाम, चिनीका साथै तेल र अन्य थप खाद्यपदार्थको माग खाद्य व्यस्थाविभाग, थापाथलीमा गरेको र स्वीकृत पनि भइसकेको र ढुवानी प्रक्रियामा रहेकाले आगामी घटस्थापना सम्ममा माग अनुसारको थप खाद्यन्न आइपुग्ने शाखा प्रमुख कुशवाहले बताए ।