२०८२ मंसिर २२
नेपाली काँग्रेसले असोज ३ गते संविधान दिवस मनाउने ।
काठमाण्डौ, नेपाली काँग्रेसल असोज ३ गते ७७ जिल्लामै संविधान दिवस मनाउने निर्णय गरेको छ ।
बुधबार सानेपास्थित पार्टी कार्यालय निरीक्षणमा आएका उपसभापति खड्काले देशैभर असोज ३ गते संविधान दिवस मनाउने जानकारी सञ्चारकर्मीलाई गराए ।
असोज ३ गते ७७ वटै जिल्लामा, देशबाहिर पनि जुनजुन देशमा छौं, पार्टीका कमिटी, भातृ संस्था, शुभेच्छुक संस्था सबैलाई अनुरोध गरिसकेका छौं, सबैले संयुक्त रूपमा ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर हामीले संविधान दिवस मनाउने निर्देशन गरिसकेका छौं, उनले भने ।’
उनले पार्टीको कार्यसम्पादन समितिको बैठकबाट संविधान दिवस मनाउने निर्णय भएको पनि बताए । ‘संविधान दिवस अत्यन्त संयमिततापूर्वक, दृढतापूर्वक संविधान रक्षाको केन्द्रीय जिम्मेवारीलाई शिरमा राखेर संविधान दिवस मनाउने निर्णय भएको छ,’ खड्काले भने।


प्रतिक्रिया दिनुहोस्