२०८२ फाल्गुन १४

राष्ट्रपति पौडेलद्वारा राष्ट्रियसभाको चालु अधिवेशन अन्त्यको घोषणा ।

काठमाण्डौँ, राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन मङ्गलबारदेखि अन्त्य गरेका छन् । मङ्गलबार राति १२ बजेदेखि राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२÷०५÷३० को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन संवत् २०८२ साल भदौ ३१ गते मङ्गलबार राती १२ः०० बजेदेखि अन्त्यगरेका हुन्,’ प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।