२०८२ भाद्र ३१
भोली,असोज १ गतेदेखि बिपी राजमार्ग २४ सै घण्टा सञ्चालन हुने ।

काभ्रे, मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी (भोली)असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहेको र दसैँ, तिहारलगायत चाडपव पनि नजिकीएकाल सडक २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्य योजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्