२०८२ फाल्गुन २२
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस

टेक बहादुर गुरुङ

मंगोल नेशनल अर्गनाइजेशन

राम बहादुर घले

नेपाली कम्युनिस्ट पार्टी

यशोदा गुरुङ (सुवेदी)

आज काठमाण्डौँ सहित देशका विभिन्न भागमा बर्षा हुने ।

काठमाण्डौँ, काठमाडौंमा आज दिनभर बदली हुने र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज बिहानैबाट काठमाण्डौंमा वर्षा भइरहेको छ । गएराति पनि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो र राति वर्षा हुने भए पनि भारी वर्षाको सम्भावना भने नरहेको र भोलिबाट वर्षा केही कम हुने आजको तुलनामा भोलि देशैभर कम वर्षा हुने विभागले जनाएको छ ।
आज गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोसी र वाग्मती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।