२०८२ फाल्गुन १२

आज जितिया पर्व, हर्सोललासका साथ मनाइदै ।

काठमाण्डौँ, आमाले आफ्नो सन्तानको दिर्घायूको कामना गर्नको लागि, अकाल मृत्युबाट बचाउन कामना गरि मनाइने जितिया पर्व हर्सोउल्लासका साथ मनाइदै छ ।
यो पर्व विशेषत विवाहित महिलाहरुले मनाउने गर्छन् । आफ्नो सन्तानको दिर्घायूको कामना गरेर मनाइन्छ । माइती घरमा गएर दर खाने चलन छ । ठ्याक्कै हरितालिका तीज जस्तै पर्व हो यो । साथीसंगी, दिदीबहिनीहरुसँग रमाइलो गरिन्छ । आपसी मेलमिलाप, सद्भाव, भाषा संस्कृति जगाउनको लागि पनि यो पर्व मनाइन्छ ।
पहिला भन्दा जितिया पर्व मनाउने चलन हिजोआज अलिक फरक छ । सानो छँदा चाडवाड आयो भने नयाँ लुगा लगाउने, मिठो मसिनो खाने चलन थियो । अहिले चाहीँ पहिला जस्तो स्थिति छैन । पुराना चलनहरु हराउन थालेका छन् । गाउँमा यो पर्वको भिन्नै रौनक छ र सहरमा आधुनिकीकरण हुन थालेको छ ।
यो पर्वमा सप्तमीका दिनदेखि तीन दिन व्रत बस्ने चलन छ । कृष्ण पक्ष असोज महिनामा पर्छ कहिलेकाँही भदौमा पनि पर्छ । तर तिथी सप्तमी अष्टमी नवमी नै हो । सप्तमीमा नुहाएर बिहानपख दर खाने, देउतालाई ढोगेर पूजा गरेर दही चिउरा चढाउने र त्यो खाएर निराहार ब्रत बस्नुपर्छ । २४ घण्टा पानी नखाइकन ब्रत बस्नुपर्छ ।
ब्रतालु महिलाले पहिलो दिन स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना (खैर) र माटो चढाउने गर्छन् । दोस्रो दिन अर्थात् अष्टमीका दिन ब्रतालु महिलाहरु निराहार ब्रत बस्ने र त्यस दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन छ । जितियाको अन्तिम तथा पारन (समापन)को दिन ब्रतालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा दही तथा सखरको प्रसाद बनाई चढाउने गदर्छन् ।
जितिया पर्वमा चिल अनि स्यालको पूजा गरिन्छ । किनभने चिल र स्याल साथीका रुपमा मानिन्छ । जितवहानको कथा सुनेर आएको हुनाले बालबच्चाको दिर्घायूको लागि ब्रत बसेका थिए भन्ने मान्यता छ ।