प्रधानमन्त्री कार्कीलाई विभिन्न राष्ट्र, राष्ट्रप्रमुखबाट शुभकामना .

काठमाण्डौँ, नवनियुक्त देशकै पहिलो महिला प्रधानमन्त्री सुशिला कार्कीलाई विभिन्न राष्ट्र, राष्ट्रप्रमुखबाट शुभकामना ब्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्कीको नियुक्तिलाई महिला सशक्तीकरणको बहुत उत्तम उदाहरण रुपमा ब्यख्या गर्दै मोदीले कार्कीको आगमनले नेपालको नवोदयलाई संकेत गरेको धाराणा राख्नु राखेका छन् ।
हिमालयको काखको नेपाल भारतको एक घनिष्ठ मित्र भएको भन्दै मोदीले दुई देश साझा इतिहास र आस्थाले जोडिएको साथै मिलेर अघि बढिरहेको पनि बताएका छन् ।
उनले प्रधानमन्त्रीको रूपमा पदभार सम्हाल्नुभएकोमा म आज १४० करोड भारतवासीहरूको तर्फबाट श्रीमती सुशीलाजीलाई हार्दिक बधाई व्यक्त गर्दछु । नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ।
पछिल्ला दुई–तीन दिनदेखि, नेपालका युवा युवतीहरू धेरै कडा परिश्रम र शुद्धताको भावनाका साथ नेपालका सडकहरू सफा गर्दै र रंग लगाउँदै गरेको देखिन्छन् । मैले सोशल मीडियामा उनीहरूको तस्बिरहरू पनि देखेको छु । उनीहरूको यो सकारात्मक सोच, यो सकारात्मक काम प्रेरणादायी मात्र नभई नेपालको नवोदयको स्पष्ट संकेत पनि हो । म नेपालको उसको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछु ।
बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
सल्लाहकार युनुसले आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री पद कठिन र चुनौतीपूर्ण समयमा सम्हालिएको भन्दै यो नेपाली जनताले उनीप्रति देखाएको विश्वास र आस्थाको प्रतिबिम्ब भएको टिप्पणी गरेका छन् । ‘नेपालको दीर्घकालीन मित्र र छिमेकीको नाताले हामी विश्वस्त छौँ कि प्रधानमन्त्री कार्कीको सक्षम नेतृत्व र मार्गदर्शनमा नेपाल शान्ति, विकास र स्थिरताको मार्गमा निरन्तर अघि बढ्नेछ,’ सल्लाहकार युनुसले लेखेको शुभकामना सन्देशमा उल्लेख छ ।
उनले नेपाल–बङ्गलादेशबिचको मित्रता, सहयोग र आपसी सम्मानलाई अझ मजबुत बनाउन नजिकबाट काम गर्ने इच्छाशक्ति समेत व्यक्त गरेका छन् । साथै हालै नेपालमा भएका राजनीतिक घटनाक्रमका क्रममा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति संवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि उनले गरेका छन् ।
नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त हुनुभएकामा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । काठमाण्ड‘ैंस्थित् अमेरिकी दूतावासले आज विज्ञप्तिमार्फते दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत गरेको हो । लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दूतावासले दुःखद् समयमा नेपालसँग शोकमा साथमै रहेको उल्लेख गरेको छ ।
नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई सङ्क्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनःस्र्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा सम्मान गर्दछौँ – दुतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, तिब्बती धार्मिक गुरु दलाई लामाले नेपालकी अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएको अवसरमा सुशीला कार्कीलाई बधाई दिएका छन् । शनिबार लामाको कार्यालयमार्फत् सार्वजनिक सन्देशमा भनिएको छ, ‘तपाईंलाई थाहै छ, नेपाली र तिब्बती जनता ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धमा बाँधिएका छन् ।’
उनले थपेका छन्, ‘म सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भाग्नुपरेपछि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकारले र नेपाली जनताले उपलब्ध गराइदिएको सुविधाका लागि निकै आभारी छु । वास्तवमै, तिब्बती समुदाय तुलनात्मक रूपमा सानो भए तापनि, नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिइरहेको विश्वास गर्छु’ शुभकामना विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्