देशभरको जनजीवन सामान्य बन्दै …

काठमाण्डौँ, देशको ४२ औं प्रधानमन्त्री, पहिलो महिला प्रधानमन्त्री सुशिला कार्कीको सपथ र पदभार ग्रहण भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् ।
युवापुस्ता सहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्यउन्मुख रहेकोे छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवद्र्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ । त्यसैगरी २०८२ साल भदौ २७ गते राती ११ बजे संसद् समेत भङ्ग भएको छ ।
हिजो भन्दा आज काठमाण्डौ‘ उपत्यका सहित देशभरको अवस्था सामान्य बन्दै गइरहेको छ । उपत्यकाका सडकहरु सवारीसाधनको चाप बाक्लीएको छ भने बजारहरुको सर्वसाधरण भीड समेत बडेको छ । प्राय सबै प्रहरी आ–आफुनो स्थामा फर्की शान्ती सुरक्षा बहालीमा लागी सकेका छन् । उता, गत २४ गतेबाट बन्द रहेको लामो दुरीका सवारी साधनहर सञ्चालनमा रहेको छ ।
आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्