देशले नयॉ इतिहास रच्दै, पूर्वन्यायधिश शुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व गर्ने ।

काठमाण्डौँ, आज देशले नयॉ इतिहास रच्दैछ । देशको विद्यमान अन्योल परिस्थितीलाई चिर्दै आज पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व सम्हाल्ने छ ।
बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा भएको बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हो ।
यसअघि जेन–जी समूहको तर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो । छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल , सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी रहेका थिए ।
वार्तामा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार कसरी अघि बढ्ने भन्नेबारेमा चर्चा भएको थिए । देशमा रहेको राजनीतिक दलहरुले फेरि टाउको नउठाउन भन्ने कुरालाई ध्यानमा राखेर जेनजी समूहले संसद विघटनको खाका अधि ल्याएको छ । तर राजनीतिदलहरु भने संसद विघटन गर्न नहुने, संसदबाटै विकल्प खोज्नु पर्ने भन्दै विभिन्न शक्तीकेन्द्र पुकारर्दै आइरहेका छन् ।
तर, परिर्वतनकारी आन्दोलनका प्रमुख सुदन गुरुङले भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व सम्हाल्ने र संसदन विघटन गरी नयॉ चिराबाट सुशासन सहितको भ्रष्टचार मुक्त मुलुक निमार्ण गरिने जोडदार अभिब्यक्ती दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्