२०८२ भाद्र २८

नेपाली सेनालाई देशमा शान्ति सुरक्षा मजबुत बनाइन राख्न जेनजीको अनुरोध ।

काठमाण्डौँ, भष्टचार बिरुद्धको आन्दानमा होमिएको जेनजीले आन्दोलनले देशमा ठूलो परिर्वत आएको दाबी गरेको छ ।
आन्दोलनरत जेनजीले एक ५ बु‘दे विज्ञप्ती प्रकाशित गर्दै आन्दोलनले प्रधानमन्त्री तथा अन्य राजनीतिक दलका नेताहरुले राजीनामा दिइसकेको हुनाले आन्दोलनले सफलता हॉसिल गरेको जनाएको छ ।
आन्दोलनका नाम राजनीतिक दलका सदस्यहरु पनि समावेश भएको र आन्दोलनलाई बदनाम गर्न उश्रृखल गतिविधिहरु गर्ने भएकाले ‘अब हिंसा रोकौं, सरकारी सम्पत्ति नष्ट नगरी सुरक्षित गरौं’ भनी आन्दोलनरत पक्ष सबैलाई अनुरोध समेत गरेको छ ।
त्यसैगरी, अन्तरिम सरकार गठन नहुँदासम्म देशलाई सुशासन र कडा नियन्त्रणमा लिन समेत आग्रह गरेको छ ।
जेनजीले नेपाली सेनाका प्रधानसेनापतिलाई वार्ताको वातावरण बनाउन समते आग्रह गरेको छ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले आज राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी पक्षसंग वार्ताको तयारी गरेको छ । सम्भवत आजै सानो आकारको काम चलाउ सरकार निमार्ण हुने अनुमान छ ।