२०८२ भाद्र २८

प्रधानमन्त्री केपी ओलीद्वारा प्रधानमन्त्री पदबाट राजीनामा ।

काठमाडौं, प्रधानमन्त्री के.पी. शर्मा ओली प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले प्रधानमन्त्रीको सचिवालय सञ्चालन गरेको समूहमा सो जानकारी दिनु भएको हो । उहाँले सो जानकारी २ बजेर २४ मिनेटमा दिनुभएको छ ।
संयोजक सिलवालले प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि गरेका छन् ।