आज पनि प्रहरीले देशका विभिन्न स्थानमा गोली चलायो, ८ जनाभन्दा बढी गम्भीर घाइते ।

काठमाण्डौँ, काठमाण्डौँको कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि कलंकीमा प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर दुई जना घाइते भएको जनाइएको छ ।
उता, प्रधानमन्त्री निवास बालुवाटारमा पनि प्रदर्शकारीको भिड बड्न थालेपछि गोली चल्दा दुई जना घाइते भएका छन् ।
त्यसैगरी, जेनजी प्रदर्शनका क्रममा राजधानीको बानेश्वरमा मंगलबार पनि गोली चलेको छ । उक्त स्थानमा प्रहरीले सोमबार गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो ।
सोही घटनाको विरोधमा मंगलबार पनि भएको प्रदर्शन उग्र बनेसँगै प्रहरीले गोली चलाएको हो । सो क्रममा एक जना घाइते भएका छन् । यस्तै एउटा गाडी प्रदर्शनकारीले जलाएका छन् ।
उता, झापाको बिर्तामोडमा पनि प्रहरीले गोली प्रहार गरेको छ । ‘जेनजी’ युवाको प्रदर्शन नियन्त्रणमा लिन भन्दै गोली चलाइएको हो । गोली लागेर दुईजना घाइते भएका छन् । दुवै घाइतेको पेटमा गोली लागेको छ । उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्