सरकार र राजनीतिक दलहरु बैठकमै ब्यस्त, देशको अवस्था गम्भीर बन्दै ।

काठमाण्डौँ, जेनजी आन्दोलनमा १७ जनाको मृत्यु भएपछि त्यसबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
६ बजे बोलाइएको बैठक करिब एक घण्टा ढिला गरी केहीबेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
मन्त्रिपरिषद् बैठकमा काँग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे सहभागी छैनन् । बैठकमा जेनजीले उठाएका विषयबारे छलफल हुनेछ ।
त्यसैगरी, जेनजी आन्दोलनका क्रममा १७ जनाको मृत्यु भएपछि त्यसबारे छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सुरु भएको छ ।
बैठकमा कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई बोलाइएको हो । उनीहरू दुवै जना बैठकमा पुगिसकेको स्रोतले जानकारी दियो ।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सस्कृति पर्यटन नागरिक उड्डयनमन्त्रीसमेत रहेका सहमहामन्त्री बद्री पाण्डेसहितका नेताहरू छन् ।
उता, नेकपा (माले) को स्थायी कमिटीको विस्तारित बैठकले सरकारले ‘जेनजी’ पुस्ताले गरेको विरोध प्रदर्शनमाथि गरेको दमनको कडा निन्दा गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा महासचिव सीपी मैनालीको अध्यक्षतामा बसेको बैठकले सरकारको यस कार्यलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रले जागरण अभियान स्थगित गरेर अध्यक्ष प्रचण्डसहितका नेताहरू काठमाण्डौ‘ फर्किँदैछन् । सबै नेतारू अभियान स्थगित गरेर काठमाडौं फर्किएको माओवादी नेता माधव सापकोटाले जानकारी दिए ।
‘मुलुकमा देखा परेको विशिष्ट परिस्थितिका कारण पार्टी नेतृत्वले अभियान स्थगित गरेर काठमाण्डौ‘ फर्किने निर्णय लिएको हो’ नेता सापकोटाले भने । उनका अनुसार काठमाण्डौंमा पार्टीका शीर्ष नेताहरूले जेनजी आन्दोलनमा सरकारको भूमिका कस्तो रह्यो भनेर समीक्षा गर्ने र भावी रणनीति तय गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्