प्रहरीको गोली लागेर १५ जनाको मृत्यु, बानेश्वर र इटहरीमा कर्फ्यु जारी ।

काठमाण्डौँ, जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र सिनामंगल स्थित काठमाण्डौँ मेडिकल कलेजमा २ जना छन् ।
प्रदर्शन स्थलको सुरक्षामा खटिएका प्रहरीले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनेहरूको टाउकोमा ताकेरै गोली प्रहार गरेको प्रत्यक्षदर्शीको आरोप छ ।
ट्रमा सेन्टरका चिकित्सकले मृत घोषणा गरेका बाँकेका २५ वर्षीय सुलभ राज श्रेष्ठ र १९ वर्षीय सिमाय चौलागाईंको टाउकोमा गोली लागेको भेटिएको छ । कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाहीको पेटमा गोली लागेको छ ।
प्रहरीको गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिका दैनिकमा कार्यरत फोटो पत्रकार दिपेन्द्र ढुंगाना घाइते भएका छन् । बानेश्वरको प्रदर्शनमा घाइते भएका ८७ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । उता, सुनसरीको इटहरीमा पनि प्रहरीको गोली लागेर धेरैजना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजन रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्