मनाङ प्रदेश सभा उपनिर्वाचनका लागि नेपाली काँग्रेसले दल दर्ता गर्ने ।

काठमाण्डौँ, नेपाली काँग्रेसले मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास, बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको हो । त्यसैगरी, सामाजिक सञ्जाल नियमनबारे छलफल भएको थियो तर बन्द गर्नु नहुने कुरामा जोड दिएको छ ।
बैठकमा मनाङको निर्वाचन प्रयोजनका लागि दल दर्ता नै आजको विषयको मूल एजेन्डा भएको हो । केन्द्रीय समितिले निर्णय गर्नुपर्ने भए पनि तत्काल केन्द्रीय समिति बोलाउन नसक्दा कार्य सम्पादन समितिले पछि अनुमोदन हुने गरी निर्णय गरेको हो । रुपन्देहीको सन्दर्भमा पहिल्यै दल दर्ता गरिसकेको छ ।
त्यस्तै सामाजिक सञ्जालको नियमन राम्रो कुरा भए पनि बन्द गर्नु नहुनेमा बैठकले जोड दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्