नेपाल आउने विदेशी नागरिकले अनिवार्य अनुगमन प्रणालीमा दर्ता हुनुपर्ने ।
काठमाण्डौँ, अध्यागमन विभागले नेपाल आउने विदेशी नागरिकले अब विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणालीमा अनिवार्य दर्ता हुनुपर्ने भएको छ ।
असोज १ गतेदेखि नेपाल आउने विदेशी नागरिकले विभागको प्रणालीमा अनिवार्य दर्ता हुनुपर्ने भएको हो ।
असोज १ गतेदेखि नेपाल आउने विदेशी नागरिक आफैंले प्रणालीको एप डाउनलोड गरेर दर्ता गर्न सक्नेछन् । काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा सेवा दिने क्रममा यो दर्ता गर्नुपर्ने व्यवस्था अनिवार्य रूपमा लागू गरे अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकाले बताए ।
मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जर र क्रमशः सबै होटल, गेस्ट हाउस तथा अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा समेत यसलाई लागू गरिने उनले बताए ।
‘नेपाल भ्रमण गर्न आउने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने उद्देश्यले उक्त प्रणालीमा दर्ता गर्न लागिएको प्रवक्ता ढकालले बताए । नेपालमा विदेशी नागरिक आउँदा पनि कहाँ, कुन अवस्थामा छन् भन्ने कुराको अवस्था ट्रयाक गर्न सो प्रणालीले सहज हुने विभागको ठम्याइ छ ।
नेपाल आउने विदेशी नागरिकले विभागको नागरिकले एप्समा दर्ता नगरे उपत्यकामा बस्ने होटलले अनिवार्य रूपमा दर्ता गर्नुपर्ने छ । त्यसरी दर्ता गर्दा क्यूआर कोड क्रिएट हुने र विभागको सिस्टममा पनि इन्ट्री हुने हुँदा लोकेसन ट्रयाक गर्न सकिन्छ ।
त्यसैगरी कुनै मनी चेन्जरबाट विदेशी नागरिकले रूपैयाँ सटहरी गर्दा पनि मनी एक्सचेन्ज गर्ने संस्थाले उक्त सिस्टममा इन्ट्री गर्नुपर्ने छ ।
उसैगरी विदेशी नागरिकलाई सेवा प्रदान गर्ने ट्राभल एन्ड टुर्स कम्पनीदेखि विमान कम्पनी, ट्रेकिङ एजेन्सीसहितकाले सेवा प्रदान गर्दा उक्त प्रणालीमा विदेशी नागरिकको डेटा इन्ट्री गर्नुपर्ने छ ।
पर्वतारोहीका लागि कोही आएको हो भने पर्वतारोहणसँग सम्बन्धित एजेन्सीले, रुपैयाँ विनिमय गरिएको छ भने मनी एक्सचेन्जरले, टिकट काटिएको छ भने विमान सेवा कम्पनीको एजेन्सीले इन्ट्री गर्नुपर्नेविभागले स्पष्ट पारेको छ ।
नेपालमा विदेशी नागरिकहरू आएर भिसा अवधि सकिए पनि नेपालमा नै अवैध रूपमा बसिरहेको, नेपालमा पर्यटन भिसामा आउने तर विभिन्न आपराधिक कार्यमा संलग्न हुने गरेकाले पनि विदेशी नागरिकहरूलाई ट्रयाक गर्न आवश्यक देखिएकोनेपाल अध्यागमन विभागको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्