दसैँका लागि आजदेखि अनलाइनबाट खसीबोका बुकिङ शुरु ।
काठमाण्डौँ, आजदेखि अनलाइनबाटै दसैँका लागि खसीबोका बुकिङ गर्न सकिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसीबोका तथा च्यांग्रा अनलाइनबाटै बुकिङ गर्न सकिने व्यवस्था गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद विभाग प्रमुख अनन्तराज पौडेलले दसैँलाई लक्षित गरेर बुकिङ प्रणाली बनाएको जानकारी दिए ।
हाम्रो अनलाइनमा गएर खसीबोका वा च्यांग्रा के बुकिङ गर्ने हो क्लिक गरेर चार हजार रुपैयाँ तिरेर बुकिङ गर्न सकिने प्रमुख छ । त्यसपछि एउटा कोड नम्बर आउँछ । त्यही नम्बर लिएर आएर हिसाब मिलान गरेर बुकिङ गरेको खसीबोका वा च्यांग्रा लैजान सकिने प्रमुख पौडेलले बताए ।
च्यांग्राको भने पाँच हजार तिर्नुपर्नेछ । खल्ती वा इसेवा एपबाट पैसा तिर्न सकिनेछ ।
अनलाइनमा आएको बुकिङ अनुसार खाद्यले खसीबोका र च्यांग्रा
ल्याउने उनले जानकारी दिए । अहिले नै मूल्य भने तय नहुने पौडेलले बताए । “तर, मूल्यमा अघिल्लो वर्षभन्दा धेरै फरक नपर्ने पनि उनले भने ।
एकजाले पाँचदेखि दशवटासम्म बुकिङ गर्न सकिनेछ । आफूले बुकिङ गरेको खसीबोका वा च्यांग्रा कुन दिन लिन आउने अनलाइनमै उल्लेख गर्नुपर्ने पौडेलले जानकारी दिए ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्