मनाङ–२, प्रदेशसभा सदस्य रिक्त उपनिर्वाचनको कार्यतालिका सार्वजनिक ।

चामे, मनाङ–२, प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचन कार्यतालिका जिल्ला निर्वाचन कार्यालय चामे मनाङलाई प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय मनाङका निमित्त निर्वाचन प्रमुख गोबिन्द प्रसाद अर्यालले बताए ।
निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रितm पदका लागि उपनिर्वाचनको कार्यतालिका जिल्ला निर्वाचन कार्यालय चामे, मनाङलाई पठाएको हो । प्राप्त कार्यातालिका अनुसार २०८२/५/१३ गतेबाट निवाचन अवधि शुरु भएको जनाएको छ । त्यसैगरी, २०८२/५/२३ गते निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्ती अनुदान तथा विवरण संकलन, २०८२/६/२० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना, मिति २०८२/६/२५ निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेद्वारको अन्तिम नामावली र चिन्ह वितरणको विरण प्राप्ती, २०८२/७/११ गते मतदान अधिकृत, सहायक मतदान अधिकृतर अन्य कर्मचारीको नियुक्ती गर्ने छ ।
त्यसैगरी, निर्वाचन प्रसार–प्रचारको लागि २०८२/६/३१ देखि २०८२/७/१४ को समयावधी तोकेको छ । २०८२/७/१४ गते राती १२ बजेबाट प्रसार–प्रचार निषेध तथा मौनअवधि शुरु हुने छ । २०८२/७/१७ गते बिहान ७ बजेबाट मतदान शुरु भई अपराहन्न ५ बजे सम्पन्न हुने ब्यहोरा सहितको परिपत्र जिल्ला निर्वाचन आयोग मनाङलाई प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय मनाङका निमित्त निर्वाचन प्रमुख गोबिन्द प्रसाद अर्यालले बताए ।
निर्वाचन आयोगको प्राप्त पत्रनुसार जिल्ला निर्वाचन कार्यालय मनाङले कार्य शुरु गरेको पनि निमित्त निर्वाचन प्रमुख गोबिन्द प्रसाद अर्यालले बताए ।
प्रतिक्रिया दिनुहोस्