२०८२ भाद्र २८

मनाङ ङिस्याङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृमा माधवराज पॉण्डे ।

चामे, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मनाङको ङिस्याङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका शाखा अधिकृत माधवराज पाण्डेलाई पदस्थापन गरेकोे छ ।
देशभरका नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउन मन्त्रालयले एकै पटक ठुलो सख्यामा कर्मचारी सरुवा गरेको हो । नगरपालिकामा प्रशासन क्षेत्रका उपसचिव, गाउँपालिकामा शाखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी हुने गरेको छ ।
यसअधि ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यक्षेत्रमा नआएपछि कार्यालयका लेखा अधिकृत नविन क्षेत्रीलाई २०८० पुस महिनाबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरी गाउ‘पालिकाले कार्यसम्पादन गर्दै आएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका शाखा अधिकृत माधवराज पाण्डेलाई पदस्थापन गरेपछि ङिस्याङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नविन क्षेत्री आप्नm पुरानै दरबन्दी अनुसार लेखा अधिकृतको पदमा बसेर कार्य सम्पादन गर्ने छ ।
मन्त्रालयले १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा भएको हो । ‘सख्याको हिसाबले १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा भएको छ, ‘सरुवा मध्ये १०५ वटा नगरपालिकामा उपसचिव र ८६ वटा गाउँपालिकामा शाखा अधिकृत खटाएर निमित्त प्रमुख प्रशासकीय अधिकृतको अवस्था हटाइएको छ ।
अब नेपालको ६ वटा महानगरपालिकामध्ये ५ वटामा मात्र सहसचिव कार्यरत छन् । एक महानगरका सहसचिवको दरबन्दी परिपूर्ति हुन सकेको छैन । यस्तै ११ वटा उपमहानगरपालिकामध्ये दुई वटामा मात्र सहसचिव कार्यरत छन् भने बाँकी ९ वटा उपमहानगरपालिकामा सहसचिव पद खाली छ । अब एउटा महानगरपालिका र ९ वटा उपमहानगरपालिका गरी कुल १० वटा स्थानीय तहमा सहसचिव पद अझै रिक्त रहेको छ ।
त्यसैगरी, मन्त्रालयले यसपटक पदास्थापन गरेका सबै जनालाई अनिवार्य तोकेकै स्थानमा हाजीर हुन कडा निर्देशन समेत गरेको छ ।