२०८२ माघ ६
देशका अधिकांश भूभागमा वर्षा, कोशी र लुम्बिनी प्रदेशमा भारी वर्षा ।
काठमाडौँ, मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको र बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेका कारण शुक्रबार बिहान कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पनि भएको छ भने देशका अधिकांश भूभागमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभरि नै बदली हुने महाशाखाको पूर्वानुमान छ । सातै प्रदेशका अधिकांश पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भवना रहेको छ । यसैगरी, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भूभागहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ
राति पनि देशैभरि आंशिकदेखि साधारणतया बदली रहने छ भने कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्