२०८२ माघ ६
साफ–१७ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल र बङ्गलादेशबीच भिड्दै ।
काठमाण्डौँ, दक्षिण एसियाली फुटबल महासंघ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता(यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपाली समय अनुसार खेल आज अपराह्न २ः४५ बजे हुने अखिल नेपाल फुटबल संघले जनाएको छ । नेपाल आजको खेल जित्नुपर्ने दबाबमा छ । गत आइतबार बङ्गलादेशसँग भएको खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो ।
डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत ९ अङ्कका साथ पहिलो स्थानमा छ भने ६ अङ्क लिएर बङ्गलादेश दोस्रो स्थानमा छ । तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् ।
खेल तालिकाअनुसार यही भदौ १३ गते नेपालले भारतको सामना गर्ने छ भने १५ गते भुटानसँग भिड्ने छ ।


प्रतिक्रिया दिनुहोस्