मनाङ प्रदेश सभा–२ मा कात्तिक १७ गते नै उपनिर्वाचन हुन्छ : निर्वाचन आयोग

काठमाण्डौँ, गण्डकी प्रदेशको मनाङ प्रदेश सभा–२ मा आगामी कात्तिक १७ गते नै उपनिर्वाचन हुने निर्वाचन आयोगले बताएको छ ।
यसअघि सर्वोच्च अदालतले मनाङ प्रदेश सभा–२ मा निर्वाचित राजीव गुरुङ (दिपक मनाङे)को पदमुक्त सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्न ढिलाइ गर्दा आयोग अन्योलमा परेको थियो । सोही कारण आयोगले रुपन्देही– ३ को उपनिर्वाचनको मिति तोकेपनि मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारण मिति तोकेको थिएन ।
सर्वोच्च अदालतले सोमबार पूर्णपाठ सार्वजनिक गरेसँगै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गण्डकी प्रदेश सभा–२ मा पनि अब कात्तिक १७ गते नै उपनिर्वाचन हुने बताए ।
‘सर्वोच्च अदालतको फैसलाले अब आयोगलाई प्रक्रिया अघि बढाउन सहज भएको भण्डारीले बताए । निर्वाचन सम्बन्धी ‘दल दर्ता लगायतका प्रक्रिया छोट्याएर भएपनि कात्तिक १७ गते नै उपनिर्वाचन हुन्छ’ आयुक्त भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस्