२०८२ भाद्र २८

मनाङको तिमाङमा अस्थाई प्रहरी पोष्ट स्थापना ।

चामे, मनाङ जिल्लाको चामे गाउँपालिका वडा नं.–१ तिमाङमा अस्थिाई प्रहरी बिट स्थापना गरिएको छ ।
जिल्ला समन्वय समिति, मनाङका प्रमुख चिन बहादुर घलेले आज एक कार्यक्रमबिच अस्थिाई प्रहरी बिटको उद्घाटन गरे । वरिष्ट हवल्दारको नेतृत्वमा ५ जना रहने गरी अस्थिाई प्रहरी बिट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख, डिएसपी हरिप्रसाद पौडेलले जानकारी दिए । कोतोमा रहेको अस्थिाई प्रहरी बिट तिमाङमा सारीएको भन्ने हल्ला सत्य नभएको भन्दै आज स्थापना भएको अस्थिाई प्रहरी बिट भविष्यमा ईलाका प्रहरी कार्यालय, तिमाङमा स्तर उन्न्ती गर्ने लक्ष्यका साथ स्थापना भएको पनि डिएसपी पौडेलले बताए ।


ईलाका प्रहरी कार्यालय, तिमाङको ५ रोपनी जग्गा भएपनि भवन नभएकाले आज स्थापना भएको अस्थाई प्रहरी विट सर्वसाधरणको घर भाडामा लिएर सञ्चालन गरिने पनि डिएसपी पौडेलले बताए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डिएसपी पौडेलले, प्रहरी विष्ट स्थापना र प्रहरी यहॉ आउ‘दैमा समाजमा भएका विकृती, विसंगतिहरु आजको भोली नै समाप्त नहुने भन्दै स्थानीयको साथ र सहयोग आवश्यक रहने भन्दै स्थानीयको साथ र सहयोगमा विकृती र विसंगती निमूलीकरणमा प्रहरी संधै लागी रहने पनि बताए ।