२०८२ फाल्गुन २२
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस

टेक बहादुर गुरुङ

१४२७

मंगोल नेशनल अर्गनाइजेशन

राम बहादुर घले

नेपाली कम्युनिस्ट पार्टी

यशोदा गुरुङ (सुवेदी)

२५४

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै ।

काठमाण्डौं, राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवारबारे निर्णय गर्न नेपाली कॉग्रेसका पदाधिकारीहरुको अनौपचारिक बैठक केही बेरमा बस्दै छ ।
पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो । बैठकमा दुई उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई बोलाइएको छ । कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएदेखि उक्त पद रिक्त छ ।
पद रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले आज जसरी भए पनि निर्वाचन गर्नुपर्ने हुन्छ । त्यसैले सभामुख देवराज घिमिरेले नेपाली काँग्रेसबाट आजै सभापतिको उम्मेदवारको नाम आउने प्रतीक्षामा छन् ।