२०८२ भाद्र २८

संखुवासभामा ४.४ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाण्डौँ संखुवासभामा शुक्रबार मध्यराती राति ११ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार संखुवासभाको मगहाङ केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प मापन भएको छ । भूकम्पको धक्का महसुस भएपछि स्थानीय आत्तिँदै घर बाहिर निस्किएका थिए ।
भूकम्पले क्षति पुर्याए÷नपुर्याएको थाहा हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयले क्षतिको विवरण एकिन गरेर पठाउन प्रहरी युनिटलाई भनिएको जनाएको छ ।