२०८२ माघ ५

आज भियातनामका उपराष्ट्रपति थिआन नेपाल आउँदै ।

काठमाण्डौँ, भियतनामीका उपराष्ट्रपति भो थिआन सुआन तीन दिने भ्रमणमा नेपाल आउ‘दै छिन् । उपरराष्ट्रपति रामसहाय यादवको निमन्त्रणामा आज (भदौ ७ गते) बैंकक हुँदै साढे १२ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
नेपालमा उनले शनिवार र आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनको भेटघाट परराष्ट्रमन्त्री डा. आरजु राणासँग पनि हुने बताइएको छ ।
भदौ ९ गते नेपाल–भारतको सम्बन्ध स्थापना भएको ५० औ वर्षको उपलक्ष्यमा हुने कार्यक्रममा सहभागी हुनुको साथै वसन्तपुर दरबार स्क्वायरको अवलोकन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।
राजनीतिमा आउनुअघि माविको शिक्षिका रहिसककी भिआन सन् १९९५ देखि भियातनामको कम्युनिस्ट पार्टीमा आबद्ध भएकी थिइन् । सन् २०२१ मा उपराष्ट्रपतिमा निर्वाचित भएकी उनी २०२१ र २०२३ गरी दुई पटक कार्यवाहक राष्ट्रपति पनि भइसकेकी छिन् ।
सन् २०१९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले भियातनामको भ्रमण गरेका थिए । सो भ्रमणको क्रममा कूटनीतिक तथा राजनैतिक पासपोर्टधारीलाई भिसा छुट दिने सम्झौता हुनुको साथै परराष्ट्र मन्त्रालयबिच परामर्श संयन्त्र स्थापना गर्ने, व्यापार–लगानी सहयोगसम्बन्धी रूपरेखा सम्झौता गर्न वार्ता गर्ने आशयपत्रमा हस्ताक्षर भएको थियो ।
आर्थिक तथा व्यापारिक सहयोग अझै क्षमताभन्दा कम रहेको मूल्यांकन गर्दै त्यसलाई बढाउन सहमत दुवै पक्ष सहमत भएको थियो ।