मनाङको चामे बजारमा अखाद्य बस्तु पाइयो, प्रदेश सरकारका प्रतिनिधिद्वारा नष्ट ।

मनाङ, गण्डकी प्रदेश सरकारका प्रतिनिधिद्वारा मनाङ सदरमुकाम चामे बजारमा भेटीएका विभिन्न अखाद्यवस्तुु नष्ट गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मनाङ, पर्यटन तथा उद्योग कार्यालय, प्रदेश जनस्वास्थ्य कार्यालय, जिल्ला भेटनरी अस्पताल तथा पुशसेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय र उपभोक्त संरक्षण मञ्चका प्रतिनिधि सहितको टोलीले बिहिबार सदरमुकाम चामे बजारको स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो ।
अनुगमन टोलीले चामे बजारका ३ वटा किराना पसल, ४ वटा होटल र ३ वटा मासु पसलमा अनुगमन तथा निरीक्षण गरेको थियो । सोही क्रममा एकबर्ष भन्दा बढी म्याद गुजरीएका विविभन्न ब्राण्डका पेय पदार्थ (बियर, जुस र पानी ) लगायत पाइएको जनाएको छ । त्यसैगरी म्याद गुजरिएका बिष्कुट, चाउचाउ लगायतका अखाद्य बस्तु नियन्त्रण गरी सुरक्षीत नष्ट गरिएको पाइएको छ । खाद्य वस्तु र अखाद्यवस्तु सबै एकै स्थानमा राखेर बिक्री वितरण गरेको, पसलहरुमा धुम्रपान गर्ने गरेको पाइएको पनि जनाएको छ ।
त्यसैगरी, अनुगमन टोलीले मनाङमा पाइने मासुजन्य सामानहरु ल्याउने व्यवस्था, पद्दत्ती अत्यन्तै अस्वास्थ्यकर भएको पनि औंल्याएको छ । सबै प्रकारमा मासुहरु बेसीशहरबाट लापारवाही ढङ्गले बोरामा हालेर ल्याउने, एकै ठाउंमा राख्ने, बिक्री वितरण गर्ने गरेको पाइएको पनि उल्लेख गरेको छ । टोलीले सबै पसलहरुलाई आगामी दिनहरुमा यस्ता मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने प्रकृतिको क्रियाकलाप नर्गन सचेत गराएको छ ।
विगतका बर्षहरुमा पनि बजार अनुगमनका क्रममा यस्तै प्रकृतिका क्रिया कलाप पाइएका र सचेत गराइएको थियो । तर, यसबर्ष पनि यस्तै मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने प्रकृतिको क्रियाकलाप पाइएकाले यसपटकलाई सचेत गराइएको छ । पुनः यस्तै क्रियाकलाप पाइएमा कडा कारवाही समेत गरिने जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए ।
प्रतिक्रिया दिनुहोस्