आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाण्डौँ, आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।
प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पेस गरी पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । साथै गृह, श्रम, युवा तथा खेलकुद र वन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् ।
बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रस्तुत गर्नेछिन् । त्यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ पेस गर्नेछन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव ल्याउनेछन् भने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ।
यसैगरी, आजै बस्ने राष्ट्रियसभाको बैठकमा गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम तय भएको छ ।
गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित आएको ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ छलफल र पारित गर्ने सम्भावित कार्यसूची छ। त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण० विधेयक, २०८१’ माथि विचार गर्न प्रस्ताव पेस गर्ने कार्यस्रची रहेको संसद सचिवालयले जनाएको छ ।
-
१
प्रतिनिधि सभा सप्रतिनिधि सभा निर्वाचन अन्र्तगत मनोनयनको सम्पूर्ण तयारी पूरा:जिल्ला निर्वाचन कार्यालय मनाङ ।दस्य निर्वाचन अन्तर्गत आज (मंगलबार) देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ ।
-
२
सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम गरी मनाउँदै ।
-
३
मनोनय दर्ताको मिति सार्ने तयारी, माध १५ गते मनोनयनको मिति तय गर्ने ।
-
४
सभापति गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता प्रदान ।


प्रतिक्रिया दिनुहोस्