२०८२ भाद्र २८
१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा

काठमाण्डौँ, गृह मन्त्रालयले उपसचिव, प्रमुख जिल्ला अधिकारी भएका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरू सहित अन्य को सरुवा गरेको छ ।
बुधबार सचिवस्तरीय निर्णयबाट १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो । उपसचिव प्रमुख जिल्ला अधिकारी हुने सोलुखुम्बु,रसुवा,मनाङ,बाजुरा लगायत १२ जिल्लाका सीडीओहरुको सरुवा गरिएको हो ।सरुवा भएका अधिकांशलाई गृह मन्त्रालय वा सो अन्तर्गतका नियकाहरुमा पदस्थापन गरिएको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यलाई गृहमन्त्रालयमा पदस्था गरिएको छ भने मनाङको प्रमुख जिल्ला अधिकारीमा इलाका प्रशासन कार्यालय, फर्पीङमा कार्यरत नवराज पौडेललाई पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्