२०८२ माघ ६

तालगाउँका ५८ धरपरिवारलाई लालपूर्जा वितरण गर्ने भूमि आयोग, मनाङको तयारी ।

धारापानी, भूमि आयोग, मनाङले नासो गाउँपालिका वडा नम्बर–१ ताल गाउँका ५८ अव्यवस्थित घर परिवारलाई जग्गाको लालपूर्जा वितरण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।
भूमि आयोग, मनाङका अध्यक्ष साङदो लामाका अनुसार आयोगको प्रचलित निमानुसार नासो गाउँपालिका वडा नम्बर–१ ताल गाउमाँ बसोबास गर्ने ५८ अव्यवस्थित घरपरिवारलाई जातेभोग गर्दै आएको जग्गाको लालपुर्जा वितरण कार्य अन्तिम चरण रहेको बताए । अध्यक्ष लामाका अनुसार लामो समयदेखि जोतभोग गर्दै आएको तर लालपुर्जा नभएकाहरुको जग्गा–जमिनको प्राविधिकहरुबाट नापजोप भइसकेको र आगामी दशैं अधि नै वितरण गर्ने गरी तयारी भइरहेको पनि बताए ।
मनाङका अन्य पालिकाहरुमा पनि अव्यवस्थित बस्ती रहेको भएतापनि ती सबै अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने भएकाले त्यसका लागि छुट्टै नीति–नियम बन्न पर्ने भएकाले सरकारले भूमि विद्येयक तयारी गरीरहेकाले त्यो विद्येयक कार्यन्वयन भए लगत्तै अन्य पालिकाहरुमा पनि लालपुर्जा वितरण सम्बन्धी कार्य अधि बडाइने अध्यक्ष लामाले बताए ।
विगत धेरै बर्षदेखि लालपुर्जा विहीन बसोबास गर्दै आएका तालबासीमा लालपुर्जा विराण हुने भएपछि खुशीयाली छाएको छ ।