२०८२ माघ ६

रुस–युक्रेन वार्ताका लागि जेलन्स्की र युरोपेली नेताहरु व्हाइट हाउस जाँदै ।

काठमाण्डौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच आज वाशिङटनमा भेटवार्ता हुँदैछ ।
जेलेन्स्की यूरोपेली सहयोगी नेताहरू नाटोका महासचिव मार्क रुट्टे र बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मर पनि रसियासँगको युद्ध अन्त्य गर्ने छलफलका लागि जेलेन्स्कीसँग वाशिङटन सहित वाशिङटन पुगेका छन् । रसियासँगको युद्ध अन्त्यबारे अलास्कामा सम्पन्न ट्रम्प–पुटिन शिखरवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले तत्काल युद्धविरामको माग छाडेर स्थायी शान्ति सम्झौताको पक्षमा उभिनुभएको थियो ।
आजको भेटवार्ताका लागि फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँ, इटलीकी प्रधानमन्त्री जियोर्जिया मेलोनी, जर्मनीका चान्सलर फ्रिड्रिख मर्ज, फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टुब र यूरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेर लेयेन पनि वाशिङटन जानुहुँदैछ । यति धेरै राष्ट्रप्रमुखहरू अटलान्टिक पार गरेर रुस–युक्रेन संकट समाधान गर्ने बैठकमा उपस्थित हुनु आधुनिक इतिहासमै अभूतपूर्व देखिन्छ, जसले यस घटनाको उच्च महत्वलाई देखाउँछ ।
गत शुक्रबार भएको ट्रम्प–पुटिन भेटमा जेलेन्स्कीलाई सहभागी नगराइनुले ट्रम्पले जेलेन्स्कीलाई कुनै सम्झौतामा दबाब दिन सक्ने भन्दै यूरोपेली अधिकारीहरुले चिन्ता र चासो व्यक्त गरेका छन् ।
तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीबीएससँग कुरा गर्दै जेलेन्स्कीलाई ट्रम्पले दबाब दिएर सम्झौतामा बाध्य पार्ने भन्ने अडकललाई “मिडियाको मूर्ख कथा” भन्नुभएको छ ।
नाटो नेताहरू पनि फेब्रुअरीमा भएको झैँ जेलेन्स्कीको ट्रम्प र उपराष्ट्रपति जे.डी. भान्ससँगको भेट दुबै पक्षबीच विवादमा अन्त्य नहोस् भन्ने चाहन्छन् । यूरोपेली नेताहरूले त्यसयता सम्बन्ध सुधार्न पर्दापछाडि निकै मेहनत गरेका छन् । जेलेन्स्कीलाई पनि “डिल मेकिङ” शैलीमा कुरा गर्न सल्लाह दिइएको छ ।