दसैँ–तिहारमा सार्वजनिक यातायातको भाडा बढ्दैनः मन्त्री दाहाल
काठमाण्डौँ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवन्द्र दाहालले यस वर्षको दसैँ–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने बताएका छन् ।
प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको आइतबारको बैठकमा बोल्दै मन्त्री दाहालले इन्धनको मूल्यअनुसार भाडा घटबढ गर्ने प्रावधान भए पनि चाडपर्वका बेला यात्रु थप मारमा नपरुन् भन्ने उद्देश्यले यस वर्षको दशैं तिहारअधि भाडा नबढाउने योजना रहेको बताए ।
मन्त्री दाहालले चाडबाडको बेलामा भाडा नबढाउन यातायात व्यवसायीहरुलाई आग्रह गरेको पनि बताए । उनले यातायात व्यवसायीहरुसँग छलफलमार्फत सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार क्रियाशील रहेको पनि बताए ।
उनले भने, ‘यो वर्ष अहिलेसम्म हामीले एकपटक भाडा वृद्धि ग¥यौँ । इन्धनको मूल्य घट्यो भने घटाउने र इन्धनको मूल्य बढ्यो भने बढाउने त्यसखालको प्रणाली हामीसँग छ । तर, यो वर्षको दसैँ र तिहारमा सार्वजनिक यातायातको भाडा बढाउने योजना रहेको छैन । हामीले यातायात व्यवसायीहरुसँग पनि भनेका छौँ ।’
यसअधि दशैं तिहारको मौका छोपी यातायात ब्यवसायीले सार्वजनिक यातायातको भाडा बडाउने, घटस्थापना अधिनै अग्रिम टिकट बुकीङ शुरु गर्ने तयारी गरेको थियो ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्