२०८२ फाल्गुन २३
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस
टेक बहादुर गुरुङ
२४१५
मंगोल नेशनल अर्गनाइजेशन
राम बहादुर घले
९
नेपाली कम्युनिस्ट पार्टी
यशोदा गुरुङ (सुवेदी)
४५४
आज भारतीय विदेश सचिव काठमाण्डौँ आउँदै
काठमाण्डौँ, भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल भ्रमणमा आउँदै छन् ।
नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।
भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्