कुवेतमा ९ जना नेपालीको मृत्यु, ३० भन्दा बढी बिरामी
काठमाण्डौँ, कुवेतमा विषाक्त मदिरा सेवनका कारण तीन दिनको अवधिमा ९ जना नेपालीको मृत्यु भएको कुवेत स्थित नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यले जनाएका छन् ।
सहचारी आचार्यका अनुसार ३० भन्दा बढी नेपाली कामदार बिरामी रहेको र उनीहरूको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ । यसबारेमा कुवेत सरकारले दूतावासलाई प्रारम्भिक जानकारी उपलब्ध गराइसकेको बताउँदै उनले विस्तृत विवरण लिने क्रममा रहेको बताए ।
उनका अनुसार कुवेतमा मदिरा प्रतिबन्ध रहेको छ । तर लुकीछिपी बेचबिखन हुने र सोही मदिरा किनेर सेवन गर्दा ठुलो सख्यामा नेपाली प्रभावित भएका हुन् ।
‘हामी निरन्तर कुवेतका अधिकारीहरूसँग सम्पर्कमा छौँ । हामी थप विवरण लिने क्रममा अहिले छौँ’, उनले भने । सबै प्रक्रिया पूरा भएपछि मृतकहरूको शव नेपाल पठाउन दूतावासले आवश्यक सहजीकरण गर्ने उनले बताए ।
कुवेतमा हाल १ लाख ३० हजार नेपाली कार्यरत रहेको बताइएको छ ।
-
१
प्रतिनिधि सभा सप्रतिनिधि सभा निर्वाचन अन्र्तगत मनोनयनको सम्पूर्ण तयारी पूरा:जिल्ला निर्वाचन कार्यालय मनाङ ।दस्य निर्वाचन अन्तर्गत आज (मंगलबार) देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ ।
-
२
सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम गरी मनाउँदै ।
-
३
मनोनय दर्ताको मिति सार्ने तयारी, माध १५ गते मनोनयनको मिति तय गर्ने ।
-
४
सभापति गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता प्रदान ।


प्रतिक्रिया दिनुहोस्