आज एमसिसी अन्तर्गतका दुई ठेक्कामा सम्झौता हुने ।
काठमाण्डौँ, बहुर्चचित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपालमातहत निर्माण हुने चार सय केभी डबल सर्किट प्रसारण लाइन अन्तर्गतका दुई खण्ड निर्माणको बोलपत्र स्वीकृत भएको छ ।
एमसिए नेपालका अनुसार न्यु दमौली–न्यु बुटवल प्रसारण लाइन र रातामाटे–न्यु दमौली प्रसारण लाइन निर्माणका लागि आज (बिहीबार) ठेकेदार कम्पनीसँग निर्माण सम्झौता हुँदै छ । कुल ३१५ किलोमिटरको प्रसारण लाइन परियोजना अन्तर्गत यसअघि १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माण गर्न ठेकेदार कम्पनीसँग सम्झौता भइसकेको छ ।
नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा निर्माणाधीन चार सय केभी क्षमताको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्म १८ किलोमिटर प्रसारण लाइन बनाउन भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडसँग सम्झौता भएको थियो । बिहीबार ९० किलोमिटर लामो रातमाटे–न्यु दमौली प्रसारण लाइन निर्माणका लागि भारतको एनजेलिक–स्किपर संयुक्त उपक्रम (जेभी) सँग सम्झौता हुँदै छ । कम्पनीले उक्त लाइन निर्माण गर्न सात करोड ७४ लाख ८० हजार अमेरिकी डलरमा ठेक्का पाएको छ । यो खण्डमा २४८ वटा टावरसहित प्रसारण लाइन बन्ने छ ।
त्यस्तै सात करोड ७० लाख तीन हजार अमेरिकी डलरमा निर्माण गर्ने गरी न्यु दमौलीदेखि न्यु बुटवलसम्मको ९० किलोमिटर प्रसारण लाइन वाइबा–सलार जेभीले पाएको छ । सो प्रसारण लाइनमा २४९ वटा टावर निर्माण गरिने छ ।
न्यु बुटवल–नेपाल र भारत सीमाको ठेक्का सम्झौतापछि बाँकी २९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि गत वर्ष मङ्सिर १२ गते ठेक्का आह्वान गरिएको थियो । सोबमोजिम १८० किलोमिटर लामा दुई खण्डको लाइन निर्माण गर्न ठेक्का सम्झौता हुन लागेको हो । दुवै ठेक्काका अवधि ३६ महिना रहेको छ । प्रसारण लाइनका पाँच खण्डमध्ये अब दुई खण्डको निर्माण सम्झौता हुन बाँकी छ ।
-
१
प्रतिनिधि सभा सप्रतिनिधि सभा निर्वाचन अन्र्तगत मनोनयनको सम्पूर्ण तयारी पूरा:जिल्ला निर्वाचन कार्यालय मनाङ ।दस्य निर्वाचन अन्तर्गत आज (मंगलबार) देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ ।
-
२
सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम गरी मनाउँदै ।
-
३
मनोनय दर्ताको मिति सार्ने तयारी, माध १५ गते मनोनयनको मिति तय गर्ने ।
-
४
सभापति गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता प्रदान ।


प्रतिक्रिया दिनुहोस्