२०८२ माघ ६

आज राति गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै भारी वर्षाको सम्भावना ।

काठमाडौँ, अहिले देशभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले काठमाण्डौँ उपत्यकासहित कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने मध्यम वर्षा भइरहेको छ । पछिल्लो एक घण्टादेखि लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको विभागले जनाएको छ । हिजो रातिबाट नै वर्षा सुरु भएको हो। यो पूर्वबाट सक्रिय भएको विस्तार हुँदै आज रातिसम्म केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको पनि विभागले जनाएको छ ।
आज राति गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक, दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेशको पहाडी भूभागमा पनि भारी वर्षाको सभावना रहेको उहाँको भनाइ छ।
ातै प्रदेशमा मौसम साधारणतया तथा आंशिक बदली रही मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।