स्वास्थ्य संस्था पनि दलको भागबडांमा, एमालेलाई पाटन र पोखरा, कांग्रेसलाई बीपी र कर्णाली
काठमाण्डौँ, दलको भागबडांमा चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरे ।
पोखराका उपकुलपति डा. भरत खत्रीले नियुक्ति पत्र बुझेका छन्, अन्य तीन जनालाई भने बुधबार (आज) बिहान बोलाइएको छ ।
सत्तारूढ नेकपा एमालेले पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान आफ्नो भागमा पारेको छ भने नेपाली काँग्रेसको भागमा बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परेको छ ।
काँग्रेसको भागमा परेको बीपी प्रतिष्ठान धरानको उपकुलपतिमा प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ नियुक्त भएका छन् । पाटन स्वास्थ्य विज्ञानको लागि प्राडा बुद्धि पौडेल नियुक्त भएका छन् । बाथरोग विशेषज्ञ डा. पौडेल प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।
पोखरा स्वास्थ्य प्रतिष्ठानको जिम्मेवारी प्रा.डा भरत बहादुर खत्रीले पाएका छन् । एमालेनिकट खत्री हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक तथा निमित्त उपकुलपति हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिम्मेवारी डा.पुजन कुमार रोकायाले पाएका छन् । हाडजोर्नी रोग विशेषज्ञ रोकाया १२ वर्षदेखि कर्णालीमा कार्यरत तथा हाल अस्पताल निर्देशक हुन् ।
गत जेठ १४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको नेतृत्वमा बनेको उपकुलपति सिफारिस समितिले असार ४ गते आवेदन आह्वान गर्दा ५५ जनाले दाबी पेश गरेका थिए ।
उक्त कमिटीको अन्य सदस्यहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा सदस्य थिए ।
-
१
प्रतिनिधि सभा सप्रतिनिधि सभा निर्वाचन अन्र्तगत मनोनयनको सम्पूर्ण तयारी पूरा:जिल्ला निर्वाचन कार्यालय मनाङ ।दस्य निर्वाचन अन्तर्गत आज (मंगलबार) देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ ।
-
२
सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम गरी मनाउँदै ।
-
३
मनोनय दर्ताको मिति सार्ने तयारी, माध १५ गते मनोनयनको मिति तय गर्ने ।
-
४
सभापति गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता प्रदान ।


प्रतिक्रिया दिनुहोस्