२०८२ फाल्गुन २२
आइतबार बागमती प्रदेशभर सार्वजनिक बिदा ।
हेटौडा, बागमती प्रदेश सरकारले साउन २५ गते (आइतबार) पर्ने गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीका अनुसार मन्त्रिपरिषद्को निर्णय र प्रदेश राजपत्रमा प्रकाशित सूचनाको आधारमा गाईजात्राका दिन बागमती प्रदेशभर सार्वजनिक बिदा घोषणा गरिएको हो ।
प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० लागू गर्दै, सो ऐनअनुसार २०८१ चैत १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले गाइजात्रासहित अन्य चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।।
गाइजात्रा विशेषगरी नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व हो, जुन काठमाण्डौँ उपत्यकासहित बागमती प्रदेशका विभिन्न नेवार बहुल क्षेत्रमा भव्य रूपमा मनाइन्छ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्