सद्भाव र भाइचारको प्रतिक र्यातुङ ।
मनाङ, उत्तरी मनाङको खाङसारमा यसबर्षको यार्तुङ अर्थात घोडेजात्रा सम्पन्न भएको छ ।
बिहिबार यस क्षेत्रका बासिन्दाले परम्परागत रुपमा यस बर्षको यार्तङ मनाए । परापूर्व कालदेखि हरेक बर्षको साउन महिनामा यो पर्व मनाइछ । सामान्यतय हिमाली क्षेत्रमा हिउँ पर्ने भएकाले त्यत्ती खेती हुँदैन तर हिउँ पग्लीए पछि आलु, करु, फापर आदि लगाउने र ती फसलहरु यतीखेर लहलाउने भएकाले यो महिना समग्र हिमाली क्षेत्रको हरियाली महिना पनि हो ।

अर्को कुरा हिमाली पाटनहरुमा बिस्तारै हिउँ पग्लन थालेपछि यार्सागुम्बा पनि पाइने र त्यसका लागि सर्वसाधरण त्यसतर्फ जाने र फर्की आएपछि फुर्सादीला हुने भएकाले पनि यार्तुङ पर्व धुमधमाका साथ मनाइने गरिन्छ ।
यार्तुङमा बिशेषत पुरुषहरु जातीय पोशाकमा ठाँटीएर आप्mना घोडालाई सजाएर गीतको भाकामा आप्mना पूर्वजहरु र देवी देवतालाई सम्झदै गाउ‘को खुल्ला स्थानमा भेला भई प्रतियोगितात्मक घोडा दौड गर्ने गर्दछन् । साझँ एक स्थानमा भेलाई भई रमाइलो मनाउदै सामुहीक भोजन गर्ने गर्दछ ।

मनाङमा केही बर्ष पहिले मनाइएको यार्तुङ पर्वसंग सम्बन्धीत भिडियो
https://www.youtube.com/results?search_query=Yartung+By+anand+Gurung


प्रतिक्रिया दिनुहोस्