२०८२ फाल्गुन १४
प्रतिनिधि सभाको बैठक बस्दै ।
काठमाण्डौँ, आज दिउँसो एक बजे प्रतिनिधि सभा बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्दै छ ।
आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।


प्रतिक्रिया दिनुहोस्