२०८२ फाल्गुन २३
प्रतिनिधि सभा निर्वाचन २०८२ - मत परिणाम – मनाङ १
नेपाली कांग्रेस

टेक बहादुर गुरुङ

२४१५

मंगोल नेशनल अर्गनाइजेशन

राम बहादुर घले

नेपाली कम्युनिस्ट पार्टी

यशोदा गुरुङ (सुवेदी)

४५४

मनसुनको न्यून चापीय रेखा नेपालको तराई नजिक, देशभरको मौसम बदली ।

काठमाण्डौँ, मनसुनको न्यून चापीय रेखा नेपालको तराई नजिक अवस्थित रहेकाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभरको मौसम पूर्णतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिनभर नै देशभर साधरणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राती कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।