२०८२ माघ १३
बराबरी खेल्दै मनाङ मर्स्याङ्दी दोस्रो स्थामा उक्लियो ।
काठमाण्डौँ, न्युरोड टिम (एनआरटी)सँग अंक बाँड्दै मनाङ मर्स्याङ्दी क्लब एन्फा यू–१६ युथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
मनाङ मस्र्याङदीले लिगअन्तर्गत शुक्रबार सातदोबाटो स्थित् एन्फा मुख्यालयमा सम्पन्न खेलमा एनआरटीसँग गोलरहित बराबरी खेलेको हो । यो नतिजासँगै मनाङले लिगमा २१ अंक बनाएको छ । दोस्रो स्थानमा उक्लिएको मनाङले १० खेल खेल्दा ६ जित, तीन बराबरी र एक हारबाट २१ अंक बनाएको हो ।
मनाङले अब ११ औँ खेलमा फ्रेन्डस क्लबको सामना गर्नेछ । खेल साउन १९ गते दिउँसो ४ बजे हुने तालिका छ ।
नतिजासँगै अंक बाँडेको एनआरटी भने नौ अंकमा सीमित छ । उसले अब ११ औँ खेलमा सातदोबाटो युथ क्लबसँग खेल्नेछ । खेल साउन २० गते दिउँसो १ बजे हुने तालिका छ ।


प्रतिक्रिया दिनुहोस्